Skip to content
LAXMI SUNRISE BANK

EXCLUSIVE: आरजु देउबाको स्कुलमा ‘ब्रह्मलुट’, लकडाउन अवधिको बिलमा यातायात र खानाको रकम !

अर्थ सरोकार

  • अर्थ सरोकार इन्भेष्टिगेसन ब्युरो 
काठमाडौँ । नेपाली काँग्रेसकि नेतृ एवम् काँग्रेस सभापति शेरबहादुर देउवाकि पत्नी डा. आरजु देउवाको स्कुल युलेन्स स्कुलले कोरोनाको समयमा अभिभावकहरुलाई लुटेको खुलासा भएको छ । एक त पढाइ नै नभएको बेला, त्यसमाथि विद्यार्थीले चढ्दै नचढेको बस र खाँदै नखाएको खानाकोसमेत बिल जोडेर स्कुलले ब्रह्मलुट मच्चाएको हो । निकै धनीमानीहरुले आफ्ना बच्चा पढाउने स्कुलका रुपमा चिनिएको विद्यालय भएपनि यो हदसम्मको बदमासी र लुट सहन नसकिने भन्दै अभिभावकहरुले मिडिया गुहारेका छन् ।
‘पठनपाठन ठप्प छ, र पनि स्कुलले अभिभावकसँग फि उठाउन ताकेता गरिरहेको छ । त्यो पनि ठिकै छ । तर खाँदै नखाएको खाना र चढ्दै नचढेको गाडीको यति धेरै पैसा कसरी तिर्ने ?’ एक अभिभावकले अर्थ सरोकार डटकमसँग भने, ‘लुट्नुको पनि एउटा सीमा हुन्छ, युलेन्स स्कुलले सिमा नाघेर लुट्न थाल्यो ।’    
विद्यालयका एक अभिभावकले अर्थ सरोकारलाई दिएको प्रमाण अनुसार युलेन्स स्कुलले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट बैशाख, जेठ र असारको  यातायात खर्च शीर्षकमा १० हजार चार सय रुपैयाँ असुलेको छ । तर यी ३ महिनामा एक दिन पनि विद्यार्थीहरुले गाडी चढेका छैनन् । उक्त बिलमा ब्रेकफास्ट, ल्याब शुल्क, फिल्ड ट्रिपलगायत शीर्षकमा पनि रकम असुल्न खोजिएको छ । लकडाउनका बेलामा कुनचाहिं विद्यार्थी स्कुल गएर ब्रेकफास्ट खान सम्भव छ र ?’ बढो अचम्मको लुट्ने तरिका अपनाएको छ स्कुलले । 
झुट बोले प्रिन्सिपलले, लुट मच्चायो स्कुलले
यता युलेन्स स्कुलका प्रिन्सिपल मेदिन लामिछानेले विद्यार्थीसँग यातायात शुल्कबापत कुनै रकम नलिएको दाबी गरे । तर उनको दाबी झुटो भएको तथ्य बिल हेरेर स्पष्ट देखिन्छ । स्कुलले अभिभावकलाई पठाएको बिलमा  यातायात शुल्क भनेर स्पष्ट किटान गरिएको देखिन्छ । ‘अतिरिक्त शुल्क भने लिएका छैनौं । बरु फी केहि घटाएर बिल पठाएका छौँ । विद्यार्थीसँग यातायात शुल्क पनि लिएका छैनौं ।’ उनले झुटो दाबी गर्दै भने । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK