×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुर्यविनायकको गाईफार्ममा आगलागी, करिब ९ लाखको क्षति

LAXMI SUNRISE BANK

सुर्यविनायकको गाईफार्ममा आगलागी, करिब ९ लाखको क्षति

२८ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सूर्यविनायक

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित गाईफार्ममा आगलागी भएको छ । मंगलबार राति करिब ११ः३० बजेको समयमा सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटस्थित मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
जस्ता र बाँसले बनाएको १ तल्ले गाईफार्म भएको टहरामा अचानक आगोलागी भएको जानकारी प्राप्त हुनासाथ तत्कालै महानगरीय प्रहरी प्रभाग दधिकोटबाट प्रहरी टोली पुगेको थियो ।
करिब १२ः१५ बजे प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिईएको महानगरिय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।
उक्त आगलागीको घटनामा परेर टहरामा रहेका ६ वटा माउ गाईहरु, ३ वटा बाच्छा, ४० वटा स्थानीय जातका कुखुरा रहेकोमा ४ वटा गाई २ वटा बाच्छीको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
विष्टको फार्ममा आगलागी हुदाँ गाई, बाच्छाबाछी, कुखुरा, भुस, पराल, टहरा जलेर नष्ट हुदाँ करि ८ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी