
काठमाडौं । अमेरिकामा गत मे महिनादेखि हवाई यात्रामा केही वृद्धि देखिन थालेको थियो । अहिलेसम्म यसले निरन्तरता पाइरहेको छ । तर कोरोना महामारीअघिको जस्तो स्तरमा भने छैन । बितेको एक महिनाको अवधिमा अमेरिकी विमानस्थल सुरक्षा चेक प्वाइन्टबाट गुज्रने यात्रुहरुको संख्या दोब्बरले वृद्धि भएको छ । अमेरिकी यातायात सुरक्षा प्रशासनका अनुसार गत साता करिब ९ लाख ४९ हजार हवाई यात्रुको जाँच गरिएको जनाएको छ। त्यस्तै प्रशासनले मे महिनाको पहिलो साता ४ लाख ७६ हजार यात्रुको जाँच गरेको थियो । अमेरिकी एयरलाइन्स (एएएल) का अनुसार गत साता मेरोरियल डे को तुलनामा धेरै मानिसले हवाई यात्रा गरेका थिए ।
हवाई यात्रुको संख्यामा वृद्धि भए पनि कोरोना महामारीले अमेरिकी हवाई उद्योगलाई अभूतपूर्व झट्का लागेको छ। मे महिनाको सबैभन्दा व्यस्त दिनमा सन् २०१९ को तुलनामा जम्मा १४ प्रतिशत यात्रुले मात्रै यात्रा गरेका थिए। यात्रुको संख्यामा आएको गिरावटका कारण अमेरिकाका धरैजसो हवाई कम्पनीहरुले कर्मचारी कटौती गर्नुका साथै बाँकी रहेकाको पारिश्रमिक पनि घटाएका छन् ।
प्रत्येक उडानमा यात्रुको संख्या बढ्दै गइरहेको छ। घरेलु उडानमा यो साताको अन्त्यमा औसत रुपमा प्रत्येक उडानमा ४७ यात्रुले यात्रा गरेका छन्। मे महिनामा भने प्रत्येक उडानमा औसत रुपमा १७ जना यात्रुले यात्रा गरेका थिए । हवाई कम्पनीहरुले यी संख्याहरुले मुनाफा नदिलाउने र यात्रुरुको संख्या वृद्धिसँगै कम्पनीको घाटा घट्दै जाने जनाएका छन् । तर हवाई यात्रुको संख्या वृद्धि हुुँदा यसले यात्रुलाई सामाजिक दूरी कायम राख्न कठिनाइ हुने देखिएको छ । यतिबेला अमेरिकामा हवाई कम्पनीहरुले उचित स्वास्थ्य प्रबन्धका साथ हवाई सेवा प्रदान गरिरहेका छन् । – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्