
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । लकडाउनका समयमा काठमाडौँ महानगरपालिकाभित्र फोहोर उठाउने कम्पनी काठमाडौँ वेष्ट कन्सर्नले लुट धन्दा मच्चाउन थालेको छ । कोरोना कहरका बीच घरभेटीहरुलाई भाडासमेत नलिन आग्रह गरेको सरकारले फोहोर लगायतका कुराहरुमा बढेको शुल्कतर्फ भने ध्यान दिएको छैन । घरभेटीहरुलाई पूर्व सूचनासमेत नदिइ बैसाख देखि ३७ रुपैयाँबाट सिधै रुपैयाँ हुनेगरी फोहोर उठाएको शुल्क बढेको हो ।
‘भाडाचाहिं नलिनु भनिएको छ । तर खर्च भने बढाउने काम भएको छ ‘ काठमाडौँ नारेफांटका एक घरभेटी भन्छन्, ‘सुन्दा केहि समय रुपैयाँ कुरामात्र छ, तर लकडाउनका बेला यसरी लुट्नु त भएन नि !’ यसो त फोहोरको शुल्क उठाउन आउनेले पनि निकै लापरवाही ढंगले घरभित्र पसेको गुनासो गरेका छन् । ‘पैसा उठाउनेले न हातमा पन्जा लगाएका छन्, न मुखमा मास्क । घर-घर डुल्नेले समस्या पार्ने भए ।’
यता उक्त कम्पनीले भने यस विषयमा बोल्न चाहेको छैन । वडा कार्यालयका प्रतिनिधि यस विषयमा बुझेर आवश्यक प्रक्रिया अगाडी बढाउने बताउँछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्