×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गल्कोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द, यस्तो छ कारण ! (विज्ञप्तिसहित)

PRIME CA

गल्कोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द, यस्तो छ कारण ! (विज्ञप्तिसहित)

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बागलुङ । बागलुङको गल्कोट नगरपालिकाले आजबाट अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण व्यवसाय र सवारी साधन एक हप्ताका लागि बन्द गरेको छ । नगरपालिकाले कोरोनाको संक्रमण फैलिन नदिन अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण व्यवसाय र सवारी साधन एक हप्ताका लागि बन्द गरेको हो ।
आज बिहान गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा उक्त नगरपालिकाका चार जनामा पनि कोरोना पुष्टि भएको थियो । जससँगै गल्कोटमा संक्रमितको संख्या २४ पुगेको छ । यसरी संक्रमितको संख्या बढेपछि विरामी, औषधि पसल, बिउबिजन तथा दाना उद्योगबाहेकका सबै व्यापार व्यवसाय र सवारी साधन एक हप्तासम्म बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख भरत शर्माले विज्ञप्तीमार्फत जानकारी दिएका छन् । 
गल्कोट नगरपालिकाद्वारा जारी गरिएको विज्ञप्ति जस्नताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: