×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा फेरी थपिए २१ जना संक्रमित, आइसोलेसन कक्षमा लैजाने तयारी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी प्रदेशमा फेरी थपिए २१ जना संक्रमित, आइसोलेसन कक्षमा लैजाने तयारी !

Artha Sarokar

३ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । बुधबार गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमित पुष्टी भएको छ । नवलपरासी पूर्वमा १८ जना र पर्वतमा ३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका हुन् । 
नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका १४, मध्यविन्दु नगरपालिकाका २, कावासोती नगरपालिकाका १ र पालिका नखुलेका एकजना रहेका छन् । यस्तै पर्वतको फलेबास नगरपालिकामा एक महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । 
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ । आज थपिएका संक्रमितलाई जिल्लामा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी