×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ?

PRIME CA

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ?

अर्थ सरोकार

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । बुधबार बिहान गण्डकी प्रदेशका थप ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशको लम्जुङमा ५, पर्बतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, तनहुँमा १ र नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यस्तै बागलुङमा ९ जना कोरोना संक्रमित फेला परेका छन् भने बरेङ गाउँपालिकामा ८ जना र जैमिनी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्याङ्जाका अर्जुनचौपारी गाउँपालिकामा १ जना, आँधीखोला गाउँपालिकामा १ जना र वालिङ नगरपालिका ३० महिने बालिकासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै लम्जुङको मध्यनेपाल नगरपालिकाका ४ जना पुरुष र बेंशिशहर नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकामा २ महिला र एक पुरुष गरी ३ जना र मादी गाउँपालिकाका एक महिला र एक पुरुष गरी २ जनामा समेत कोरोना संक्रमण देखिएको हो । नवलपुरको गैंडाकोट नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । पर्वतको कुश्मा नगरपालिका, गोरखाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट गाउँपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
निर्देशक शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: