×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा फेरि १९ जना संक्रमित थपिए, संक्रमितको कुल संख्या ५२३ पुग्यो !

PRIME CA

गण्डकी प्रदेशमा फेरि १९ जना संक्रमित थपिए, संक्रमितको कुल संख्या ५२३ पुग्यो !

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकी प्रदेशमा आइतबार दिउँसो १९ जना कोरोना संक्रमित थपिएका छन् । दिउँदो थपिएका संक्रमितमा स्याङ्जाका १० जना छन् भने बागलुङका ५ जना छन् । यस्तै कास्कीका २ तथा नवलपरासी पूर्व र तनहुँका १–१ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आइतबार थपिएकामा स्याङ्जामा २ महिला र ८ पुरुष छन् भने अन्य ठाउँमा पुरुष मात्र छन् । गण्डकी प्रदेशमा आज बिहान मात्रै १६ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । दिउँसो थपिएका संक्रमितसंगै प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५२३ पुगेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: