×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशको बजेट आज सार्वजनिक हुँदै, कृषी क्षेत्रलाई प्राथमिकता

PRIME CA
GLOBAL IME BANK

गण्डकी प्रदेशको बजेट आज सार्वजनिक हुँदै, कृषी क्षेत्रलाई प्राथमिकता

१ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

बर्दघाट सुस्तापूर्व
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गण्डकी प्रदेश सरकारले आव २०७७ र ०७८ को बजेट आज सार्वजनिक गर्दैछ । बजेटले स्वास्थ्य र कृषिका कार्यक्रमलाई प्राथमिकता राखेको जनाइएको छ । स्रोतका अनुसार आगामी आवको लागि ३१ अर्ब रुपैयाँ बराबरको बजेट आउने भएको छ । गत वर्ष चालु आवको लागि ३२ अर्ब १३ करोड ४७ लाखको बजेट ल्याइएकोमा आव २०७५र०७६ मा २४ अर्ब २ करोडको बजेट आएको थियो । अर्थ मन्त्रालयले ३० अर्बभन्दा बढीको बजेट नल्याउन भने पनि अन्य मन्त्रालयले थप्न जोड दिएका हुन् । 
आगामी वर्षको लागि सामाजिक विकास मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको बजेट बढ्ने देखिन्छ । स्वास्थ्यमा पूर्वाधार एवं जनशक्ति न्यून रहेकोले सामाजिक विकास मन्त्रालयको बजेट बढ्ने छ भने उद्योगको क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिने भएको छ । कोरोना महामारीका कारण विदेशबाट धेरै नेपालीहरू फर्किन सक्ने भएकोले उनीहरूलाई रोजगार दिलाउन कृषिमा नयाँ प्याकेज ल्याउने जनाइएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ सोमबार दिउँसो ४ बजे प्रदेशसभामा आगामी आवको बजेट प्रस्तुत गर्दैछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: