×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना, संक्रमित संख्या कति पुग्यो ?

PRIME CA
GLOBAL IME BANK

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना, संक्रमित संख्या कति पुग्यो ?

२७ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

गोरखा
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १४४ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा १२ संक्रमितहरु फेला परेका हुन् । उनीहरु ४० देखि १८ वर्ष उमेर समूहका छन् । संक्रमितहरु सबै पुरुष हुन् ।
यस्तै बाग्लुङ बरेङ गाउँपालिकामा ८ जना र निसीखोला गाउँपालिकामा ४ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । म्यादीको बेनी नगरपालिकाका ४६ वर्षीय पुरुषमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
बागलुङका २ र लमजुङका एकजना गरी ३ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा कोरोनाबाट एकजनाको मृत्यु भएको छ । गण्डकीको मनाङ, मुस्ताङबाहेक सबै जिल्लामा कोरोना पुगिसकेको निर्देशनालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: