×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिए, प्रदेशमा संक्रमित संख्या ५४ पुग्यो !

PRIME CA

गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिए, प्रदेशमा संक्रमित संख्या ५४ पुग्यो !

२२ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला छन् ।
यस्तै बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पर्वतको फलेबास नगरपालिकाका वर्ष २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका वर्ष १८ का १ जना पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका वर्ष १९ का १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको डा। शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: