×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रियसभा अध्यक्षद्वारा चैतसम्मको बैठक र भ्रमण भत्ता नलिने घोषणा, भत्तावापतको रकम राजस्व खातामा जम्मा गरिदिन आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राष्ट्रियसभा अध्यक्षद्वारा चैतसम्मको बैठक र भ्रमण भत्ता नलिने घोषणा, भत्तावापतको रकम राजस्व खातामा जम्मा गरिदिन आग्रह

Artha Sarokar

२२ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बादाता 
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चैत मसान्तसम्म बैठक र भ्रमण भत्ता नलिने घोषणा गरेका छन् । अध्यक्ष तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि चैत मसान्तसम्म राष्ट्रियसभाको बैठकभत्ता र भ्रमण भत्ता नलिने घोषणा गरेका हुन् ।
उनले बिहीबार संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई पत्र लेखी आफूले भत्ता नलिने जानकारी गराउँदै भत्तावापतको रकम सरकारी राजस्व खातामा जम्मा गरिदिन आग्रह गरेका छन् । मुलुक कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लडिरहेका बेला सार्वजनिक खर्चमा मितव्ययीता ल्याउन यो निर्णय गरेको तिमिल्सिनाले बताए ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी