- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय गुल्मीले जेठ ३२ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार लकडाउन अवधिभर निषेत्राज्ञा जारी गरिएको हो ।
निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारीसाधनलाई पूर्ण रुपमा रोक लगाइएको छ । निषेधाज्ञा अवधिमा नागरिकलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रहसमेत गरेको छ ।
अस्पताल, औषधि पसल र पेट्रोलपम्प भने जुनसुकै समय पनि खुला रहनेछन् । निषेधाज्ञा उल्लंघन भए नियन्त्रणमा लिएर संक्रमण रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुने निषेधाज्ञा जारी सम्बन्धी सूचनामा उल्लेख गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्