- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज (शुक्रबार) ५ सयले घटेर ९० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज ( शुक्रबार) प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ६ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय ५ रुपैयाँ कायम गरेको छ ।