
- अर्थ सरोकार सम्बाददाता
काभ्रे । सुन चोरीको आरोपमा प्रहरीले काभ्रेबाट तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको बनेपा नगरपालिका–९ स्थित जोसना श्रेष्ठको घरबाट सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बनेपा नगरपालिका–८ मा डेरा गरी बस्ने करुणा घिमिरे, सोही ठाउँका राजु मानन्धर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–५ घर भई बनेपा नगरपालिका–८ मा डेरागरी बस्ने सृजना आचार्य रहेका छन् ।
मङ्गलवार बिहान श्रेष्ठको खाटको घर्राभित्र राखेको करिब १८ तोला सुन र चाँदी चोरीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए । चोरीएको मध्ये १० तोला सुन र १२ तोला चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ । तीनै जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्