
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) देखि सुनचाँदीको दरभाउ नियमित प्रकाशित गर्ने भएको छ । महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि सुनचाँदीको दरभाउ नियमित प्रकाशित गर्ने जानाएको हो ।
सुनचाँदीको दरभाउ प्रकाशित भएसँगै आशिंक रुपमा पसलहरु पनि संचालनमा आउने भएका छन् । ‘अहिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने प्रक्रिया शुरु भएकाले सोहीअनुसार विभिन्न जिल्ला प्रशासन, सम्वन्धित महानगरपालिका/नगरपालिकारगाउँपालिका र सम्बन्धित उद्योग वाणिज्य संघको संयुक्त सहमतिमा केही घण्टा ब्यवसाय सञ्चालन गर्न पाउने ब्यवस्था गरे अनुसार सुनचाँदी ब्यवसाय पनि आंशिकरुपमा सञ्चालन हुने भएको छ।’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।
महासंघले मिति २०७७ जेठ २५ गतेबाट सुनचाँदीको दरभाउ आइतबारदेखि पुनः प्रकाशित गरिने जनाएको हो ।सरकारले कोरोनाका कारण गत चैत ११ गतेबाट देश लकडाउन गरेसंगै सुनचाँदीको व्यवसाय पनि बन्द रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्