- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले एक तोलाकै ९० हजार माथि पुगेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ७ गते आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ तोकेको छ भने तेजाबी सुन मूल्य प्रतितोला ९० हजार १६० र चाँदी प्रतितोला ९४० रुपैयाँ निर्धारण गरेको छ ।
शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ७०० रुपैयाँले बढेको हो भने चाँदी भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको हो । सुनको यो मूल्य इतिहासकै उच्च बिन्दु हो । सुनको मूल्य बढेपछि सुनपसलहरुमा किन्ने ग्राहकहरुको संख्या सून्य प्राय भएको छ भने बेच्ने ग्राहकहरु ह्वात्तै बढेका छन् ।