
- अर्थ सरोकार सम्बाददाता
गोरखा । बुधबार गोरखामा थप चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गोरखाको भीमसेन थापा गाउँपालिकाका तीन पुरुष र एक महिलामा संक्रमण देखिएको हो । उनीहरुमा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टी भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख विद्या तामाङका अनुसार तीन जना पुरुष भारतबाट आएका हुन् भने महिला चितवनको भरतपुर अस्पतालबाट आएकी हुन् । जेठ ८ गते भरतपुर अस्पतालबाट आएकी महिला जनशक्ति आधारभूत विद्यालयको क्वारेन्टिनमा थिइन् ।
अन्य संक्रमितमध्ये दुई जना जेठ १४ गते र एक जना जेठ १० गते गाउँ आएका थिए । उनीहरुमध्ये एक जना कनकामना आधारभूत विद्यालय र एक जना निर्माणाधीन एकीकृत मिलन वस्तीको क्वारेन्टिनमा बस्दै आएका थिए । बाँकी एक जना होम क्वारेन्टिनमा रहेको उनले बताइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्