×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोरखामा पहिलो पटक १० जनामा देखियो कोरोना संक्रमण, हिरासतमा थिए एक संक्रमित

PRIME CA
GLOBAL IME BANK

गोरखामा पहिलो पटक १० जनामा देखियो कोरोना संक्रमण, हिरासतमा थिए एक संक्रमित

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

गोरखा
  • अर्थ सरोकार सम्बाददाता 
गोरखा । गण्डकी प्रदेश अन्तर्गत गोरखामा पहिलो पटक कोरोना संक्रमण फेला परेको छ । आइतबार एकै दिन गण्डकी गाउँपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा गरी कोरोना संक्रमण १० जनामा पुष्टि भएको हो ।
गण्डकी गाउँपालिकाका संक्रमितहरु २० देखि ४३ वर्ष उमेर समूहका छन् भने पालुङटार नगरपालिकाका संक्रमित १७ वर्षीय युवक हुन् । उनीहरुमध्ये ९ जना क्वारेन्टिनमा थिए भने एक जना प्रहरी हिरासतमा थिए । उनीहरुको यही जेठ २० गते पीसीआर परीक्षणका लागि नमूना संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो ।
गण्डकी गाउँपालिकाको रत्नेश्वर मावि दर्वुङ र भिमोदय आधारभूत विद्यालयको क्वारेन्टिनमा रहेका ४/४ जना र ज्ञानमार्ग माविको क्वारेन्टिनमा रहेका एक जनामा कारोना देखिएको बताइएको छ । उनीहरुमध्ये आठजना भारतबाट आएका हुन् ।
संक्रमितहरुलाई जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: