×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारी फेरि खुलाउने सरकारको निर्णय, जोखिम कम भएका देशमा श्रमिक पठाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारी फेरि खुलाउने सरकारको निर्णय, जोखिम कम भएका देशमा श्रमिक पठाउने

Artha Sarokar

११ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोनाको जोखिमका कारण बन्द भएको वैदेशिक रोजगारी फेरि खुलाउने सरकारले निर्णय गरिसकेको छ । अघिल्लो शुक्रबार सरकारले बिदामा आएकालाई पुनः श्रम स्वीकृतिसँगै नयाँलाई पनि रोजगारीमा जान दिने निर्णय गरेको हो । तर त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिस अनिवार्य चाहिन्छ । सरकारको निर्णयपछि श्रम मन्त्रालयले काम अघि बढाएको जनाएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले वैदेशिक रोजगारी खुला गर्न निर्देशन दिएपछि सरकारले गन्तव्य मुलुकसँग कुटनीतिक पहल सुरु गरेको छ । जसअनुसार अब वैदेशिक रोजगारीमा पठाउनुअघि कामदारको कोरोना परीक्षण अनिवार्य गरिने भएको छ ।
कोरोना महामारीका कारण बिदामा घर फर्किएकाहरु फेरि विदेश जान पाएका छैनन् । उनीहरुलाई पुनः श्रम स्वीकृति दिएर पठाउन सम्बन्धित देशको दूतावाससँग र सम्बन्धित देशहरुसँग पनि समन्वय गर्नुपर्ने भएकाले यी सबै कुरा समन्वय हुने गरी कार्य प्रक्रियाहरु निर्धारण गर्ने श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरे बताउनुभयो । पहिले कोरोना महामारीको जोखिम कम रहेका देशमा श्रमिक पठाउने सरकारको तयारी छ । सरकारले वैदेशिक रोजगारीमा श्रमिकलाई जान दिने निर्णय गरे पनि नेपालीको मुख्य श्रम गन्तव्य देशले भने यात्रुको प्रवेशमा रोक नै लगाएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी