- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहिबार) प्रति १० ग्राम सुनको मूल्य ७८ हजार १ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय १ रुपैयाँ ५० पैसा कायम गरेको छ ।