- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहिबार) प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ९ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ८ सय १ रुपैयाँ ५० पैसा कायम गरेको छ ।