×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुल्मीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गुल्मीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ?

Artha Sarokar

२ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
गुल्मी । गुल्मीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिकाका ८ जना र रेसुङ्गा नगरपालिकाका ३ जनामा कोरोना पुष्टी भएको हो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले मुसिकोट नगरपालिका ३०, २९, २८, २१ र २० वर्षका पुरुष तथा २६ वर्षकी महिला र ५ वर्षकी बालिकामा कोरोना पुष्टी भएको बताए । 
यस्तै भैरहवामा उपचारत अर्का एक जनामा पनि कोरोना पुष्टी भएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक ढालबहादुर जिसीले बताए । साथै रेसुङ्गा नगरपालिकाका वडा नम्बर ३ का ४८ वर्षका पुरुष, वडा नम्बर ६ का १९ वर्षका पुरुष र वडा नम्बर १४ का २५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।
यससँगै गुल्मी जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी