×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गाउँपालिका अध्यक्षले १२ दिनमा जिते कोरोनालाई

LAXMI SUNRISE BANK

गाउँपालिका अध्यक्षले १२ दिनमा जिते कोरोनालाई

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकारा सम्बाददाता
गुल्मी । गुल्मी धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले कोरोना जितेका छन् । जेठ १२ गते कोरोना पुष्टि भएसंगै एकान्तबास बस्दै आएका पोखरेलले १२ दिनमा कोरोना जितेका हुन् । उनले घरमै बसी कोरोना जितेपछि कोरोना पोजेटिभ देखिदैमा सबैजनालाई आइसोलेसन र अस्पताल आवश्यक नपर्ने सन्देश दिएका छन् ।
कोरोना देखिएपछि सार्वधिक चासो र चर्चामा रहेका पोख्रेलले अन्तत १२ दिनमा कोरोना जितेका छन् । शनिबार सहित दुई पटक उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानी शर्माले बताए । तातोपानी, नुन, बेसार, गुर्जो जस्ता गाउँघरे औषधी मात्रै आफुले खाएको अध्यक्ष पोखरेलले बताए । कोरोना घरमै बसेर जित्न सकिने आफुले अनुभव गरेको उनको भनाई छ । अस्पतालमा १५ दिनमा ठिक हुनेमा घरमा बस्दा १० दिनमै निको हुने उनले बताए ।
घरमा बस्दा घरपरिवार र समाजले नै मनोबल बढाइदिने उनको तर्क छ । घरमा सन्तुलित खाना र सरसफाई हुने हुदा पनि कोरोना लाग्दैमा सबैजना आइसोलेसनमा जानै पर्ने आफुले नदेखेको उनले बताए । गुल्मीमा पाँच जनामा कोरोना पुष्टि भएको छ । अध्यक्ष पोख्रेल सहित गुल्मीमा दुई जनाले कोरोनालाई जितेका छन भने दुई जनाको उपचार भइरहेको छ । गुल्मीका एक जनाको कोरोनाका कारण निधन भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी