- अर्थ सरोकार सम्बाददाता
गुल्मी । गुल्मीका एक बैंकरले कोरोनालाई जितेका छन् । दाङकाे तुल्सीपुर नगरपालिका घर भई गुल्मीको मदाने गाउँपालिकास्थित बैंकमा कार्यरत ३१ वर्षीय एक पुरुष काेराेना निकाे भएर सोमबार डिस्चार्ज भएका हुन् ।
बैंकर को पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपाेर्ट नेगेटिभआएपछि उनलाई डिस्चार्ज गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी शर्माले जानकारी दिए।
कोरोना संक्रमणबाट मृत्यु भएका मदाने गाउँपालिका-६ का ४१ वर्षीय शिक्षकको कन्ट्याक ट्रेसिङका आधारमा उनको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी एक सातादेखि तम्घासमा बनाइएको आइसोलेसन वार्डमा भर्ना भएका थिए । गुल्मीमा अझै २ जना कोरोना संक्रमित उपचाररत छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्