×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्स्याेरेन्सको १००% हकप्रद सेयर बिक्री खुल्ला, कहाँ जाने भर्न ?

PRIME CA
GLOBAL IME BANK

गुराँस लाइफ इन्स्याेरेन्सको १००% हकप्रद सेयर बिक्री खुल्ला, कहाँ जाने भर्न ?

१४ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गुराँस लाइफ इन्स्याेरेन्स कम्पनीले १००% हकप्रद सेयर बिक्री खुल्ला भएको छ । कम्पनीले १:१ काे अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री खुल्ला भएको हो । यो हकप्रदमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि चैत्र २० गतेबाट निष्कासन गर्ने भनिएकाे हकप्रद लकडाउनले गर्दा स्थगित भएकाे थियाे ।
उक्त हकप्रद निष्कासन प्रयाेजनकाे लागि फागुन २२ गते बिहीबार (एक दिन) बुकक्लोज गरेको थियो । तसर्थ, फागुन २१ गते बुधबारसम्म कायम सेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
त्यस्तै, कम्पनीकाे शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । र, एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद भर्न सकिने कम्पनीले जनाएकाे छ । हाल यसको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि पुँजी १ अर्ब ८७ करोड ७० लाख रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: