×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म्यानमारबाट आएका २६ जनालाई वसुन्धारास्थित होल्डिङ सेन्टरमा लगियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

म्यानमारबाट आएका २६ जनालाई वसुन्धारास्थित होल्डिङ सेन्टरमा लगियो

Artha Sarokar

२३ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । म्यानमारबाट २६ जना नेपालीलाई उद्दार गरिएका छन् । उद्दार गरिएका नेपालीलाई नेपाली सेनाले वसुन्धारास्थित यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राख्न लगिएको हो ।
प्राप्त भएको जानकारी अनुसार काठमाडौंमा प्रदेश नं. ३, ४ र ५ घर भएकालाई मात्र राख्ने भनिए पनि बर्माबाट आएकाको संख्या थोरै भएकाले सबैलाई वसुन्धारामै राख्न लागिएको हो । सेन्टरमा उनीहरुले बढीमा एक रात बस्नुपर्नेछ ।
त्यसपछि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी व्यवस्था मिलाइनेछ । उनीहरुमध्ये सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टाइनमा पठाउन लागिएको हो । यद्यपि, उनीहरुको स्वास्थ्य स्थितिको हरेक विवरण सेनाले राख्नेछ ।
कोरोना परीक्षण नगरिएकाको हकमा सम्बन्धित प्रदेशमा १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाउने सरकारी तयारी छ । शुक्रबारै यूएईबाट पनि १६८ जनालाई नेपाल ल्याउने तयारी गरिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी