
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकसहित नौ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेको छ । अस्पतालले बिहीबार साँझ विज्ञप्तिमार्फत सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै आकस्मिकबाहेकका सेवा बन्द गरेको जनाएको छ । अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार पिसिआर विधिबाट गरिएको परीक्षणका क्रममा विशेषज्ञ चिकित्सकसहित प्रयोगशाला, एक्सरे फाँटमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।
सङ्क्रमित स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । यस्तै आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको छ । दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षीय युवाको प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बिहीबार पिसिआर परीक्षण गरिएको थियो । जेठ ११ गते भारतबाट आएका उनलाई १४ दिन क्वारेन्टिनको बसाइँपछि आरडिटी परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो ।
दुल्लुका नगर प्रमुख घनश्याम भण्डारीले शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेको बताए । यसअघि भारतबाट फर्किएकी सुर्खेत सिम्ता गाउँपालिकाकी एक युवतीमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्