
- अर्थ सरोकार सम्बाददाता
पोखरा । उपचारका क्रममा कोरोना संक्रमितको मृत्यु भएपछी पश्चिमाञ्चल अस्पतालका आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको छ । बुधबार राती स्याङ्जाका ५५ वर्षीय पुरुषको अस्पतालमा मृत्यु भएपछी एक दिनलाई मात्रै आकस्मिक बाहेक सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
मत्यु भएका कोरोना संक्रमित बिरामी स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुष मधुमेह र निमोनियाका समेत बिरामी थिए। यसअघि पनि सोही अस्पतालमा स्याङ्जा घर भएका ५८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो । गण्डकी प्रदेशमा बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ । संक्रमितमध्ये ९१ जना निको भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्