×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी स्वास्थ्य संस्थामा कर्मचारीको अभाव, औषधि समयमै नपाउने समस्या (भिडियो)

PRIME CA
GLOBAL IME BANK

सरकारी स्वास्थ्य संस्थामा कर्मचारीको अभाव, औषधि समयमै नपाउने समस्या (भिडियो)

१२ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टीमिडिया ब्यूरो
काठमाडौं । देश संघीय संरचनामा गएपनि सामुदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्थाहरुमा अझै कर्मचारी अभाव रहेको संसदीय समितिले ठहर गरेको छ । राज्यका निर्देशक शिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति अन्तरर्गतको शिक्षा तथा स्वास्थ्य नीति कार्यान्वयनको अवस्था अध्ययन उपसमितिको प्रतिवेदनले सामुदायिक विद्यालय र अस्पतालहरुमा कर्मचारी अभाव रहेको देखाएको हो । विभिन्न प्रदेशहरुमा गरिएको अध्ययनले विद्यालयहरुमा आवश्यक दरबन्दीको अभाव, भौतिक पूर्वाधारको अभाव देखिएको उपसमितिका संयोजक खेम प्रसाद लोहनीले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समिति, शिक्षकको बढुवा सरुवामा स्थानीय तहले राजनीतिक हस्तक्षेप गरेको गुनासो बढेको उहाँले बताउनुभयो । स्वास्थ्य संस्थाहरुमा पूर्वाधारको कमी रहेको, सरकारले ७० प्रकारका औषधि दिने घोषणा गरेपनि समयमै सबै औषधि समयमै नपाउने समस्या देखिएको उहाँले बताउनुभयो । उपसमितिले सरकारले उपलब्ध गराउने स्वास्थ्य र शिक्षा सम्बन्धि सेवालाई प्रभावकारी बनाउन नसकेको उहाँले बताउनुभयो । शिक्षा र स्वास्थ्य सम्बन्धि हुने नीतिगत भ्रष्टाचारजन्य क्रियाकलाप नियन्त्रण गर्न नसकिएको र जनशक्ति व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिन नसकेको उहाँले बताउनुभयो । उपसमितिले समितिमा आफ्नो अध्ययन प्रतिवेदन पेश गरेपनि आज छलफल हुन सकेन् । सांसदहरु न्यून संख्यामा सहभागि भएका कारणले प्रतिवेदनमाथि छलफल हुन नसकेको हो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: