×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होटल क्वारेन्टाइनमा बस्नेका लागि श-शुल्क क्वारेन्टाइनको प्रवन्ध, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

होटल क्वारेन्टाइनमा बस्नेका लागि श-शुल्क क्वारेन्टाइनको प्रवन्ध, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

Artha Sarokar

२३ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्दार सुरु गरेको सरकारले काठमाडौँ ल्याएर पाँच स्थानमा क्वारेन्टाइन बनाएर राख्ने भएको छ । सरकारले काठमाडौँ उपत्यका बाहिरका पाँच स्थानमा साढे १६ हजार कोठा तयार पारेको जनाएको छ । विदेशमा आउनेहरुले आफ्नो खर्चमा होटलमा बस्न चाहे सरकारले तोकेको पाँच स्थानका होटलहरुमा तोकिएको शुल्क तिरेर बस्नुपर्नेछ । आफैँ खर्च ब्यहोर्न नसक्नेहरुका लागि भने सरकारले नै खाना बस्नको प्रवन्ध गर्ने भएको छ । 
सरकारले होटलमा बस्न चाहनेहरुका लागि नगरकोट, धुलिखेल, पोखरा, चितवन र भैरहवाका होटलमा श-शुल्क क्वारेन्टाइनको प्रवन्ध मिलाएको हो । होटेल संघ नेपाल (हान)का अनुसार पोखरामा ३ हजार, चीतवनमा ५ हजार ५ सय, भैरहवामा ४ हजार र धुलिखेल र नगरकोटमा गरी ४ हजार कोठामा क्वारेन्टाइनको व्यवस्था मिलाइएको छ । यी होटलहरु पर्यटक स्तरदेखि चार तारेसम्मका छन् । जहाँ एक जनाको ३ हजार देखी ८ हजारसम्म र डबल रुमको २ हजारदेखी ५ हजार ५ सयसम्म शुल्क लाग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी