×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : भारतमा ज्यान गुमाउनेको संख्या १२ हजार नाघ्यो, एकैदिन ३३४ जनाको मृत्यु

PRIME CA
GLOBAL IME BANK

कोरोना अपडेट : भारतमा ज्यान गुमाउनेको संख्या १२ हजार नाघ्यो, एकैदिन ३३४ जनाको मृत्यु

४ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । भारतमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३३४ जनाले ज्यान गुमाएसंगै मृत्यु हुनेको संख्या १२ हजार २३७ पुगेको हो ।
त्यस्तै अहिलेसम्म भारतमा समग्र संक्रमितको संख्या पनि तीन लाख ६६ हजार ९४६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १२ हजार ८८१ नयाँ संक्रमित थपिएका हुन् । साथै, भारतमा कोरोना भाइरसका एक लाख ९४ हजार ३२५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख १६ हजार ७५२ संक्रमित फेला परेका छन् भने पाँच हजार ६५१ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ५० हजार १९३ संक्रमित फेला परेका छन् भने ५७६ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ४७ हजार १०२ संक्रमित भेटिँदा एक हजार ९०४ को मृत्यु भइसकेको छ । गुजरातमा २५ हजार ९३ संक्रमित फेला परिसकेका छन् भने एक हजार ५६० जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १४ हजार ५९८ संक्रमित फेला परेका छन् भने ४३५ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा १२ हजार तीन सय संक्रमित भेटिएका छन् भने ५०६ जनाको मृत्यु भइसकेको छ । बिहारमा ६ हजार ९४२ संक्रमित फेला परेका छन् भने ४४ जनाको मृत्यु भइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: