×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट बढी प्रभावित मुलुकको चौथौ स्थानमा पुग्यो भारत, एकैदिन संक्रमित संख्या १२ हजार बढी

LAXMI SUNRISE BANK

कोरोनाबाट बढी प्रभावित मुलुकको चौथौ स्थानमा पुग्यो भारत, एकैदिन संक्रमित संख्या १२ हजार बढी

३२ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । छिमेकी राष्ट्र भारतमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गइरहेको छ । भारतमा कोरोना संक्रमित संख्या ३ लाख २१ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३१ संक्रमित फेला परेसंगै संक्रमित संख्या ३ लाख २१ हजार ६ सय २६ पुगेको हो । यसअघि लगातार तीन दिनसम्म ११ हजार बढी संक्रमित भेटिएका छन् । 
यस्तै, कोरोना संक्रमणबाट ज्यान गुमाउने ९ हजार १९९ पुगेका छन् । पछिल्लो २४ घण्टामा ३०९ को ज्यान गएको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २४ घण्टामा ३ हजार ४२७ जना संक्रमित थपिएर १ लाख ४ हजार ५६८ पुगेका छकन् । मृतक ११३ थपिएर ३ हजार ८३० पुगेका छन् । 
भारतमा कोरोना बिकराल स्थितिमा पुगेको छ । संक्रमणमा भारत चौथो स्थानमा पुगेको छ । भारतले बेलायतलाई पनि निकै पछि पारेको छ । बेलायतमा २ लाख ९४ हजार ३७५ जना संक्रमित रहेका छन् । त्यहाँ कोरोना शान्त हुँदैछ । २४ घण्टामा १ हजार ४२५ जना संक्रमित थपिएका छन् । त्यस्तै मृतक १८१ थपिएर ४१ हजार ६६२ पुगेका छन् । भारतभन्दा अगाडि अमेरिका, ब्रजिल र रुस रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी