×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा पेट्रोलको भाउ ८० रुपैयाँ नजिक, डिजेलको मूल्य भने अहिलेसम्मकै उच्च !

LAXMI SUNRISE BANK

भारतमा पेट्रोलको भाउ ८० रुपैयाँ नजिक, डिजेलको मूल्य भने अहिलेसम्मकै उच्च !

८ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । भारतमा पेट्रोलको भाउ प्रतिलिटर ८० रुपया नजिक पुगेको छ । सोमवार त्यहाँको सरकारी तेल कम्पनीहरुले लगातार १६ औं दिन भाउ बढाएसँगै मूल्य सो स्तरमा पुगेको हो । उक्त दिन प्रतिलिटर पेट्रोलको मूल्य ३३ पैसा र डिजेलको मूल्य ५८ पैसा बढाइएको छ । योसँगै राजधानी दिल्लीमा पेट्रोलको भाउ प्रति लिटर ७९ रुपैयाँ ५६ पैसामा उक्लिएको छ । डिजेल पनि ७८ रुपया ५५ पैसामा पुगेको छ । डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो । 
विगत १६ दिनमा भारतमा पेट्रोलको मूल्य प्रति लिटर ८ रुपया ३० पैसा बढेको छ । डिजेलको भाउमा पनि ९ रुपैयाँ ४६ पैसाको वृद्धि भएको छ । तेलको भाउमा १५ दिनमै भएको वृद्धि सन् २००२ को अप्रिलमा मूल्य विनियमन शुरु भएयताकै उच्च हो । तेल कम्पनीहरुले हरेक १५र१५ दिनमा तेलको मूल्य संसोधन गर्थे । तर सन् २०१७ को मेयता भने दैनिक रुपमा मूल्य संसोधन भइरहेको छ । तथ्यांकअनुसार १५ दिनमा मूल्य संसोधन हुँदा प्रतिलिटर अधिकतम् ४  रुपैयाँदेखि ५ रुपयासम्म बढेको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी