
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । भारतमा अहिलेसम्मकै ठुलो संख्यामा संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा एकैदिन झण्डै १६ हजार जना सङ्क्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा १५ हजार ९६८ जना कोरोनाबाट सङ्क्रमित भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा भारतमा कोरोनाका कारण ४५६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृतकको संख्या १४ हजार ४७६ पुगेको छ भने सङ्क्रमितको संख्या चार लाख ५६ हजार १८३ पुगेको छ । भारतमा अहिले पनि कोरोनाबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या एक लाख ८३ हजार २२ रहेको छ ।
यस्तै भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सङ्क्रमणमुक्त भएकाहरुको संख्या दुई लाख ५८ हजार ६८५ पुगेको जनाएको छ । बढी प्रभावित महाराष्ट्रमा अहिलेसम्म एक लाख ३९ हजार १० जना सङ्क्रमित भएको तथ्याङ्क छ । जसमध्ये ६२ हजार ८४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ६९ हजार ६३१ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्