×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार नाघ्यो, दिनमै ३५७ जनाको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार नाघ्यो, दिनमै ३५७ जनाको मृत्यु

Artha Sarokar

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । छिमेकी मुलुक भारतमा दिनप्रतिदिन कोरोनबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणबाट ३५७ जनाको मृत्यु भएसंगै ज्यान गुमाउनेको संख्या आठ हजार १०२ पुगेको हो । 
त्यस्तै अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि भारतमा दुई लाख ८५ हजार ५७९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका नौ हजार ९९६ पुगेको छ । साथै, भारतमा कोरोनामुक्त भएर एक लाख ४१ हजार २९ जना घर फर्किसकेका छन् ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्र रहेको छ । यो क्षेत्रमा अहिलेसम्म कोरोना संक्रमित ९४ हजार ४१ फेला परेका छन् भने तीन हजार ४३८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ३६ हजार ८४१ संक्रमित फेला परेका छन् भने ३२६ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ३२ हजार ८१० जना संक्रमित भेटिँदा ९८४ जनाको मृत्यु भइसकेको छ । गुजरातमा २१ हजार ५२१ संक्रमित फेला परिसकेका छन् भने एक हजार ३४७ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म ११ हजार ६१० संक्रमित फेला परेका छन् भने ३२१ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा नौ हजार ३२८ संक्रमित भेटिएका छन् भने ४३२ जनाको मृत्यु भइसकेको छ । बिहारमा पाँच हजार ७१० संक्रमित फेला परेका छन् भने ३३ जनाको मृत्यु भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी