
नयाँ दिल्ली । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमित दिनानुदिन बढ्दै गइरहेको छ । भारतमा एकैदिन साढे ११ हजार कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ५०२ नयाँ संक्रमित फेला परेसंगै संक्रमित संख्या तीन लाख ३२ हजार ४२४ पुगेको छ ।
यस्तै भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या पनि नौ हजार ५२० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ३२५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख सात हजार ९५८ संक्रमित फेला परेका छन् भने तीन हजार ९५० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ४४ हजार ६६१ संक्रमित फेला परेका छन् भने ४३५ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ४१ हजार १८२ जना संक्रमित भेटिँदा एक हजार ३२७ जनाको मृत्यु भइसकेको छ । गुजरातमा २३ हजार ५४४ संक्रमित फेला परिसकेका छन् भने एक हजार ४७७ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १३ हजार ६१५ संक्रमित फेला परेका छन् भने ३९९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा ११ हजार ८७ संक्रमित भेटिएका छन् भने ४७५ जनाको मृत्यु भइसकेको छ । बिहारमा ६ हजार ४७० संक्रमित फेला परेका छन् भने ३९ जनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ६९ हजार ७९८ संक्रमित निको भएर घर फर्किसकेका छन् । – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्