
काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमित संख्या दुई लाख ९७ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १० हजार ९५६ नयाँ संक्रमित थपिएसंगै संक्रमित संख्या दुई लाख ९७ हजार ५३५ पुगेको हो ।
साथै, भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ हजार ४९८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण ३९६ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ४७ हजार १९५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका ९७ हजार ६४८ मा संक्रमण पुष्टि भएको छ भने तीन हजार ५९० जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । त्यस्तै, तमिलनाडुमा अहिलेसम्म ३८ हजार ७१६ संक्रमित फेला परेका छन् भने ३४९ जनाको मृत्यु भइसकेको छ ।
दिल्लीमा ३४ हजार ६८७ जना संक्रमित भेटिँदा एक हजार ८५ जनाको मृत्यु भइसकेको छ । गुजरातमा २२ हजार ३२ संक्रमित भेटिँदा एक हजार ३८५ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै, उत्तर प्रदेशमा अहिलेसम्म १२ हजार ८८ संक्रमित फेला परेका छन् भने ३४५ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा नौ हजार ७६८ संक्रमित भेटिएका छन् भने ४४२ जनाको मृत्यु भइसकेको छ । बिहारमा पाँच हजार ९८३ संक्रमित फेला परेका छन् भने ३६ जनाको मृत्यु भइसकेको छ । – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्