
काठमाडौँ । अनलक–१ अनुसार भारतमा आज सोमबारदेखि मल, होटेल, रेस्टुराँ र धार्मिकस्थल खुलाइने भएको छ।
दिनहुँजसो कोरोना संक्रमितको संख्या उचाइमा पुगिरहेकै बेला भारतमा मल, होटेल, रेस्टुराँ र धार्मिकस्थल खुला गर्न लागिएकोले यसले प्रभावका विषयमा चर्चा हुन थालेको छ। अहिले भारत संक्रमितको हिसाबले विश्वमा अतिप्रभावित देशको सूचीमा पाँचौँ स्थानमा छ। केही दिनयता भारतमा दिनहुँ १० हजारको संख्यामा नयाँ संक्रमित थपिँदै आएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले महामारीका कारण चौपट बनेको अर्थव्यवस्था ट्रयाकमा ल्याउन मल, होटेल, रेस्टुराँ र धार्मिकस्थल खुला गर्न लागेको हो। यसबाट लाखौँ मानिस काममा फर्किने वातावरण बन्ने मोदी सरकारको ठहर छ।
आजबाट भारतमा मल, होटेल, रेस्टुराँ र धार्मिक स्थल खुल्ने भएसँगै केही नियम पनि बनाइएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले गत बिहीबार दिशानिर्देश जारी गर्दै कन्टेनमेन्ट जोन बाहेक होटेल, सपिङ मल, रेस्टुराँ र धार्मिकस्थल जुन ८ बाट खोल्ने अनुमति दिएको हो।
यी स्थानमा ६ फिटको दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ। त्यस्तै मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ। यी स्थानमा प्रवेश गर्नुअघि थर्मल स्क्रिनिङ गर्नुपर्नेछ।
यसैगरी होटेल तथा रेस्टुराँका मालिकले ग्राहको पूर्ण जानकारी राख्नुपर्नेछ। जसमा पहिचानपत्र, मोबाइल नम्बर, विदेश यात्रा र कुनै बिरामी छ भन्ने सम्पूर्ण जानकारी हुनुपर्नेछ।
त्यस्तै होटेल, रेस्टुराँ र सपिङ मलमा २४ देखि ३० डिग्रीसम्म एसी चलाउनुपर्नेछ। जति सम्भव हुन्छ हावा ताजा राख्नुपर्नेछ।
यी स्थानमा बिनालक्षणका मानिसलाई मात्र प्रवेश अनुमति दिन नयाँ दिशानिर्देशमा निर्देशन दिइएको छ। यस्तै सार्वजनिक स्थानमा जथाभावी थुक्न प्रतिबन्ध लगाइएको छ।
नयाँ दिशानिर्देशमा धार्मिकस्थल र मलमा ६५ वर्ष माथिका, १० वर्ष मुनिका र गभर्वती तथा बिरामी मानिसलाई नजान सल्लाह दिइएको छ। – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्