
- अर्थ सरोकार सम्बाददाता
जलेश्वर । स्रोत नखुलेको १८ लाख नगदसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । मनराशिष्वा नगरपालिका २ भलुई चौक नजिकबाट शनिबार दिउँसो स्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाखसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका २ बस्ने १९ वर्षीय रोहित कुमार साह, २२ वर्षीय संजय कुमार साह र २७ वर्षीय जय कुमार साह छन् । १८ लाख रुपैयाँमध्ये रोहितको साथबाट ९ लाख रुपैयाँ, संजयको साथबाट ३ लाख ५० हजार रुपैयाँ र जयकुमारको साथबाट ५ लाख ५० हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको ज.११प ८१०८ नम्बर र प्रदेश २.०३.००३ प ४०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको हो । यस विषयमा थप अनुसन्धान शुरु गरेको जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्