
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । जनकपुरधाममा स्थानीय प्रशासन र व्यापारीबीच मध्यान्ह १२ बजेसम्म पसल खोल्ने सहमति भएको छ । शुक्रबार (आज) बिहान व्यापारी र जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायबीच भएको छलफलले मध्यान्ह १२ बजेसम्म पसल खोल्ने मौखिक सहमति गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । ‘खाद्यान्न, तरकारी, फलफूल, दूधसहित अत्यावश्यक सामानको पसल खुला नै थियो, अन्य पसल पनि लुकेर सञ्चालन भइरहेको थियो’ निरौलाले भने, ‘प्रहरीलाई आएपछि बन्द गर्ने र गएपछि आधा सटर खोलेर पसल सञ्चालन गर्दै आएको अवस्थामा मध्यान्हसम्म पसल खोल्न दिने सहमति भएको हो ।’ केही दिनयता देशका प्रमुख शहरमा व्यापारीहरुले लकडाउन उल्लंघन गर्दै पसल खोल्ने बताएपछि स्थानीय प्रशासनकै सहमतिमा पसलहरु खुल्न थालेका छन् ।
प्रजिअ निरौलाले ग्राहकहरुबीच दूरी कायम गर्ने र सेनिटाइजरको प्रयोगलगायत सुरक्षाका उपाय अपनाएर व्यवसाय सञ्चालन हुने बताए । अन्य व्यवसाय खुले पनि सिनेमा घर, सैलुन आदि कतिपय व्यवसाय भने प्रशासनले खोल्न नदिने भएको छ । बिहीबार पसल खोलेको भन्दै प्रहरीले दुई जना व्यापारीलाई कुटपिट गरेको थियो । कुटपिट गर्ने प्रहरीलाई प्रदेश प्रहरी कार्यालयले कारबाही प्रक्रिया सुरु गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्