×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झन्डै ५० हजारलाई रोजगारी दिने कार्यक्रम ल्याउँदै हायर मी नेपाल, कहिलेबाट संचालनमा आउँछ ?

LAXMI SUNRISE BANK

झन्डै ५० हजारलाई रोजगारी दिने कार्यक्रम ल्याउँदै हायर मी नेपाल, कहिलेबाट संचालनमा आउँछ ?

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेशनल एकेडेमी फर फाइनान्सीयल सर्भिसेस प्रा. लि. ले हायर मी नेपाल परियोजना संचालन गर्ने भएको छ । उक्त परियोजना साउनको पहिलो साताबाट संचालनमा आउने भएको हो । कोरोना भाइरसका कारण अहिले देशमा बेरोजगारी बढिरहेका बेला त्यस्ता बेरोजगार जनशक्तिलाई देशमै रोजगारी दिने उद्देश्यले उक्त परियोजना संचालन गर्न लागिएको हो । नेशनल एकेडेमीका अध्यक्ष रमेश कुमार भट्टराईका अनुसार उक्त परियोजनाले एक वर्षमा पाँच लाख र दुई वर्षमा दश लाख श्रमिक र कामदारको अद्यावधिक रेकर्ड राखी पचास हजारलाई रोजगारी दिलाउने कार्यक्रम भएको बताए । 
रोजगारदातालाई चाहिएको जनशक्ती पाउन महंगो विज्ञापन गर्नुपर्ने, परिक्षा, अन्तरवार्ता र छनोटको लामो प्रक्रिया संचालन गर्नुपर्ने तथा सिप र क्षमता भएका रोजगारी चाहनेलाई उपयुक्त ठाँउमा पुग्न नसकेको अवस्था छ । सोही कारण हायर मी नेपाल अनलाईन पोर्टल छिटै संचालन गर्न लागिएको छ । विभिन्न ठाउँमा रहेको श्रमिकले वेब साईट वा मोबाइल एप्सको माध्यमले आफ्नो सम्पुर्ण विवरण भर्ने र रोजगारदातालाई सोही पोर्टलबाट आवश्यक कामदार सजिलै पाउने गरी रोजगारदाता र रोजगार चाहनेलाई सजिलै भेट गराउने कार्यक्रम राखिएको छ । जसमा श्रमिकले धेरै किसिमका झन्झट झेल्नु पर्ने छैन । 
उक्त परियोजनालाई सातै प्रदेशमा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सम्पर्क कार्यालय खोली श्रावण देखि प्रचार प्रसारको कार्यक्रम गरि बढी भन्दा बढी जनशक्तीलाई समावेश गरिने अध्यक्ष भट्टराईले बताए । रोजगारी गर्न चाहनेहरुलाई आवश्यक पर्ने तालिम पनि न्यून लागतमा उपलब्ध गराउने गरी कार्यक्रम ल्याइने भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी