
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर । दहि च्युरा खाने दिन जुजुधौको व्यापार पनि ह्वात्तै बढेको छ । नेवारी भाषामा ‘जुजु धौ’ भन्नाले दहीको राजा भन्ने बुझिन्छ भने इतिहासअनुसार दहीहरुको राजा अर्थात् उत्कृष्ट दही भएकाले नेपालका मल्लराजाहरुले खाने हुनाले यसलाई जुजु धौ भनिएको हो । अत्याधुनिक प्रविधिहरुको प्रतिस्पर्धा बढिरहेको बेलामा पनि भक्तपुरका बासिन्दाहरुले परम्परागत शैलीबाट बनाउने परम्परालाई जोगाएर राखेको छ । अन्य दही भन्दा स्वादिलो र स्वस्थकर भएकाले पनि यस दहीको महत्व नेपाल भरि नै प्रख्यात रहेको छ । विशेष चाड पर्वमा सामान्य दहि खानुभन्दा पनि जुजु धौ खान जानकारहरुले सल्लाह दिन्छन् ।
आज असार १५ अर्थात दहि च्युरा खाने दिन । आज भक्तपुरका जुजु धौको माग पनि ह्वात्तै बढेको छ । फरक र मिठो स्वाद हुने भएकाले ‘दहि भनेकै जुजुधौ भन्नेहरु पनि धेरै छन् । तर जुजुधौ च्युरासँग भन्दा पनि दहीमात्र खाँदा झन् स्वाद पाइने दही हो ।










Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्