×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जुम्लामा १८ जना कोरोना रिपोर्ट नेगेटिभ, अस्पतालबाट भए डिस्चार्ज

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जुम्लामा १८ जना कोरोना रिपोर्ट नेगेटिभ, अस्पतालबाट भए डिस्चार्ज

२८ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जुम्ला

  • अर्थ सरोकार सम्बाददाता 

सुर्खेत । जुम्लामा १८ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसियूमा उपचार गराइरहेका १८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू मंगलबार डिस्चार्ज भएका हुन् ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार कोरोना जितेर फर्कनेहरुमा जुम्ला सिंजा गाउँपालिकाका ६ जना, हिमा गाउँपालिकाका ४ जना, जुम्लामा कार्यरत ५ जना सुरक्षाकर्मी र ३ जना स्वास्थ्यकर्मी रहेका छन् ।
कोरोनाको संक्रमण देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका उनीहरुको पछिल्लो पटक गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि प्रतिष्ठानले उनीहरुलाई घर फर्काएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: