Skip to content
LAXMI SUNRISE BANK

संक्रमित बढेपछि जुम्लाको चन्दननाथ नगरपालिकाका दुई वडा सिल

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाका दुई वडा सिल गरिएको छ । कोरोना संक्रमितको सङ्ख्या बढेपछि नगरपालिकाका दुई वडा सिल गरिएको हो । जिल्लास्तरिय एकीकृत क्वारेन्टिन रहेको सो वडाका स्थानीयवासीमा कोभिड–१९ संक्रमण देखिएपछि सिल गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।
जिल्लाको पूर्वमा देवलडाँडा, पश्चिममा जुगाडखोला, उत्तरमा सिनामुल तथा दक्षिणमा जुम्ला बहुमुखी क्याम्पसको चार किल्लाभित्रको क्षेत्रलाई सिल गरिएको प्रशासनले जनाएको छ।  कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै जुम्लामा तीन दिनदेखि जारी कर्फ्यु २३ गते राति १२ बजेदेखि हटेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK