
यसअघि निर्माण व्यवसायी सङ्घको भवनमा बनाउने भनिएको क्वारेन्टिन स्थानीयवासीले अदातलमा मुद्दा हालेका कारण अघि बढ्न सकेको छैन । अदालतले हाललाई क्वारेन्टिन नबनाउन अन्तरिम आदेश दिएको निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । “क्वारेन्टिन बनाउने जिम्मेवारी पालिकाको हो । हामीले सुरक्षा दिने हो । हामीले दिएकै छौँ”, उहाँले भन्नुभयो, “क्वारेन्टिन बनाउन ठाउँठाउँ जाँदा स्थानीयवासीले अवरोध गरेका कारण सकिएको छैन, प्रशासनले मात्रै केही गर्न सक्दैन ।” स्थानीयवासीले बस्तीछेऊ क्वारेन्टिन बनाउन अवरोध गर्ने गरेका छन् । -रासस