Skip to content
LAXMI SUNRISE BANK

जुम्लामा क्वारेन्टाइनमा बसेका वृद्धको मृत्यु, कोरोना परिक्षण हुँदै

अर्थ सरोकार

जुम्ला
  • अर्थ सरोकार सम्बाददाता 
जुम्ला । जुम्लामा क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको शुक्रबार (आज) बिहान मृत्यु भएको वडाध्यक्ष नरजित दमाईले जानकारी दिए । वडाध्यक्ष नरजितका अनुसार उनी शुक्रबार बिहान ११ बजेदेखि सो क्वारेन्टाइनमा बस्दै आएका थिए ।
बर्दियाबाट जुम्ला बजार आइपुगेका उनी बिहीबार साँझ त्यहीँ बसेका थिए । दमका रोगी रहेका वृद्धलाई उनकै बुहारीले बोकेर क्वारेन्टाइन स्थलसम्म पुर्‍याएका थिए । वडाध्यक्ष नरजितका अनुसार मृतक वृद्ध गत मंसिरमा आफन्तको घर बर्दिया गएका थिए । मृतक वृद्धसहित सो क्वारेन्टाइन स्थलमा सात जना बस्दै आएको वडाध्यक्ष नरजितले बताए ।
क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धले लामो समयदेखि औषधि पनि सेवन गर्दै आएका थिए । कोरोना परीक्षणका लागि चिकित्सकको टोलीले उनको स्वाब संकलन गरिसकेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको चिकित्सकको टोलीले मृतक वृद्धसहित क्वारेन्टाइन स्थलमा बसेका सबै जनाको स्वाब संकलन गरिसकेको उनले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK