×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँका विभिन्न ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ, तीन लाख रुपैयाँ बरामद !

PRIME CA
GLOBAL IME BANK

काठमाडौँका विभिन्न ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ, तीन लाख रुपैयाँ बरामद !

४ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ परेका छन् । काठमाडौँको टोखा नगरपालिकामा जुवातास खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको हो । यस्तै कलंकी बस्ने मकवानपुर थाहा नगरपालिका- ७ घर भएकी ३७ वर्षीया बसुन्धारा केसीलगायत १२ जनालाई नगद २ लाख ७१ हजार रुपैयाँ र ३ बुक ताससहित प्रहरीले पक्राउ गरेको हो । महानगीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस्तै कीर्तिपुर नगरपालिका-६ चौभार टौदहस्थित हरि महर्जनको घरमा जुवा खेलिरहेका सोही ठाउँ बस्ने ३८ वर्षीय राम खड्का लगायत १० जनालाई नगद ५५ हजार ९ सय १० रुपैयाँ र ४ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।पछिल्लो समय लकडाउनका कारण विभिन्न ठाउँबाट जुवातास खल्नेहरु पक्राउ परिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: