Skip to content
LAXMI SUNRISE BANK

कागेश्‍वरीमा ग्याँस लिक भएर आगलागी हुँदा ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कागेश्‍वरी मनोहरा नगरपालिका ७ डेरा गरी बस्ने दोलखा घर भएकी ३० वर्षीया पार्वती केसीको भान्छा कोठामा ग्याँस लिक भई सोमबार बिहान आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागी नियन्त्रणमा लिने क्रममा घाइते भएकी केसीको शिक्षण अस्पताल महाराजगंज र घरधनीको छोरा ४० वर्षीय ईश्वर बिष्टको बर्न सेन्टर अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK