
- अर्थसरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरसको कहरकाबीच सुदूरपश्चिम मिडिया मिसन (रेडियो धनगढी) का अध्यक्ष राजबहादुर चन्दले कैलारी गाउँपालिकामा मास्क वितरण गरेका छन् । भक्त विवि ह्याल्पीङ ह्यान्डस फर ह्युमानिटीका केन्द्रिय सल्लाहकार समेत रहेका राजबहादुर चन्दले कैलारी गाउँपालिकाको छैठौँ गाउँसभा अधिवेशनमा मास्क वितरण गरेका हुन् । गाउँसभा अधिवेशनमा चन्दले कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीलाई एक हजार थान मास्क हस्तान्तरण गरेका छन् ।
कैलारी गाउँपालिकामा आयोजना गरिएको छैटौँ गाउँसभा अधिवेशनमा उपस्थीत व्यक्तिहरुका लागि १ हजार थान मास्क हस्तान्तरण गरेको चन्दले बताए । कोरोनाको संक्रमण तिब्र रुपमा फैलिदै गएकाले बजारमा मास्क अभाव भईरहेको छ, त्यसैमाथी कोरोना भाइरस (कोबिड १९) को संक्रमणबाट बच्नका लागि मास्क अति जरुरी छ, अधिवेशनमा धेरै जनाको सहभागी हुनेभएकाले सुरक्षालाई मध्यनजर गर्दै मास्क वितरण गरेको हुँ, चन्दले भने ।
लामो समयदेखी समाज सेवामा सक्रिय रहँदै आएका चन्दले आज कैलारी गाउँपालिकाको गाउँसभा अधिवेसनमा सहभागी हुँदै सभामा उपस्थित सबैका लागि मास्क प्रदान गरेका हुन् । साथै कोरोनाबाट बच्न मास्क सहयोग गरेको भन्दै गाउपालिकाका अध्यक्ष लाजुराम चौधरीले धन्यवाद व्यक्त गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्